Nidan Media

प्रचण्डले गरे माओवादी केन्द्रको अध्यक्ष पद त्यागको घोषणा

पाेखरा। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू पार्टीको अध्यक्ष नरहेको बताए। प्रचण्डले भने, “आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म महाधिवेशन आयोजक समितिको संयोजक मात्रै हो।”

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी थियो। अध्यक्ष पद त्यागको उनको घोषणालाई पार्टीको आगामी महाधिवेशन तयारीसँग जोडिएको मानिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.