ज्योतिष शास्त्रअनुसार मानिस जन्मेको साल, महिना, गते, बार र कुन समय जन्मेको हो उक्त साइतले व्यक्तिको स्वभाव, भाग्य र चरित्र निर्धारण गरेको हुन्छ । मानिसको चालचलन व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार महिना र समयले निर्धारण गरेको हुन्छ । कुन बार र कति बेला जन्मेका हो उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्नेछ । त्यसैले कुन व्यक्ति कुन बार जन्मिएको हो उसको स्वाभाव पनि त्यस्तै हुन्छ ।
शुक्रबार जन्मिएका व्यक्तिको स्वभाव
१. निकै मेहनती हुनको साथै आफ्नो काममा निकै संघर्ष पनि गर्छन् । कहिले पनि धनको कमी हुँदैन । तर, बचत भने कहिले पनि गर्न सक्दैनन् ।
२. शुक्रबार जमिएका मानिसका साथीहरू धेरै हुन्छन् तर, साँचो मित्र भने धेरै कम हुन्छ । निकै भावुक स्वभावका पनि हुन्छन् ।
३. शुक्रबार जन्मिएका व्यक्ति निकै सजक हुने गर्दछन् । स्वभाव निकै शान्त हुनुका साथै मन, दिमाग र शरीर निकै राम्रो र सफा हुन्छ । धेरैजसो रचनात्मक क्षेत्रमा देखिन पनि सक्छन् ।
४. शुक्रबार जन्मिएका व्यक्तिहरू सुन्दर हुन्छन् । यिनीहरू भित्रि तहमा कमजोर भए पनि सुन्दरताका कारण सफल भइरहेका हुन्छन् । यी कला क्षेत्रमा रुचि भएका हुन्छन् । यिनको लगाव सँधै कला क्षेत्रमा रहन्छ । यिनको रिस छिटो शान्त हुन्छ । यिनको मुहारमा एक किसिमको चमक हुन्छ । त्यसैकारण यिनलाई धेरै मान्छेले छिटो विश्वास गर्छन् ।
५. शुक्रको प्रभावले मन चंचल हुन्छ जसले गर्दा यिनीहरूको मन एक ठाउँमा टिक्दैन। यिनीहरू बेलाबेला प्रेममा असफल पनि हुन सक्छन् । यिनीहरूको वैवाहिक सम्बन्धमा एक किसिमको शंका उपशंका उत्पन्न भइ नै रहन्छ । यिनीहरू ज्यादै भावुक हुन्छन् । यिनको हातमा पारिवारिक अवस्था जस्तोसुकै भए पनि पैसाको कमी हुँदैन । यिनीलाई छिटो सफल भएको देखे पनि यिनीहरूलाई सफल हुन भने निकै समय लाग्ने गर्छ । यिनीहरू कम रिसाउने कारण यिनका मित्रहरूसँग यिनको सम्बन्ध ज्यादै घनिष्ठ रहन्छ ।
६. यिनीहरु कलाकार, संगीतकार, कवि, गीतकार, नायक, नायिका आदि बनी समाजमा प्रतिष्ठा आर्जन गर्दछन् । यिनलाई पच्छ्याउने मानिस धेरै हुन्छन् । यिनीहरू आवरणको सुन्दरतालाई मन पराउँछन् । यिनको जीवनसाथीको लुक्स पनि अत्यन्तै राम्रो हुन्छ । यिनीहरूलाई प्रेम प्रस्ताव राख्ने मान्छेको लर्को नै लागेको हुन्छ । त्यही कारण यिनीहरूको वैवाहिक जीवनमा खटपट आइराख्ने हुन्छ । यिनीहरूमध्ये थोरै मात्र मान्छे ज्यादा योग्य हुन्छन् । सानै उमेरदेखि कला क्षेत्रमा लाग्नाले यिनले पढाई लेखाईलाई अस्तव्यस्त बनाउन पनि सक्छन् । यिनको परिवारमा यिनीहरू सफल नभएसम्म पेशा परिवर्तनका लागि दबाब बनिररहन्छ । कहिलेकाँही यी ज्यादा दबाबको कारण घरबाट निकै टाढा गई जीवनमा संघर्ष गर्दछन् । यिनीहरू सफल भएपछि भने परिवारको मुख बन्द हुन्छ ।
७. यी ज्यादा खर्चिला हुन्छन् । यिनको खर्च खाने कुरामा भन्दा लगाउने कुरामा ज्यादा हुने गर्छ । यी एक्लै हुँदा निकै सस्तो खाने कुरा पनि खान्छन् तर समूहमा यी महंगा रेष्टुरेन्टहरुमा जान मन पराउँछन् । यिनीहरूलाई किसोर अवस्थामा खर्च कम गराउन अभिभावकलाई धौधौ पर्छ । फोहोर गेटअपमा बाहिर निस्कनुभन्दा घरमै बस्न रुचाउँछन् । यिनको कोठामा शृङ्गारका वस्तुहरू धेरै हुन्छन् । यिनले ती वस्तुहरूलाई बडो मेहनत गरी सजाएर राख्छन् । यिनले पाएको अवार्डहरूको प्रचार यी राम्ररी गर्दछन् । यी सफल भएपछि परिवारका हरेक सदस्यलाई सहयोग गर्दछन् । समाजका अरु वर्गको सुविधाका लागि पनि यिनले धेरै ठूलो सहयोग गर्दछन् ।
८. शुक्रबार जन्मेका मानिसहरू धेरै सुन्दर, आकर्षक र मीठो बोलिका हुन्छन्। जे कुरा पनि यिनीहरू धेरै सरल र सीधा तरीकाले भन्छन् । उनीहरू बहस वा लडाईबाट टाढा नै रहन मन पराउँछन्। यी मानिस मनोरन्जन र सौन्दर्य उत्पादनहरूमा बढि खर्च गर्छन् जसका कारण कहिलेकाँही आर्थिक सन्तुलन पनि विचलित हुन सक्छ। यिनीहरु जीवनमा धन्य हुन चाहन्छन्।
९. सुन्दर हुनुको साथ यिनीहरू सहनशील, चलाख र भावनात्मक हुन्छन्। यी व्यक्तिहरू परिस्थिति अनुसार आफैलाई अनुकूलन बनाउँछन्। शुक्रबार देवी लक्ष्मीको दिन पनि हो र उनको अनुग्रहको कारण जीवनमा हरेक भौतिक सुख प्राप्त गर्दछन्। यी व्यक्ति अरूलाई मद्दत गर्न सधैं तयार हुन्छन्।
१०. यिनीहरूको प्रकृतिको नकारात्मक पक्षहरू भनेको अहंकार र आत्मनियन्त्रणको अभाव हो। उनीहरूले आफूलाई चाहिने भन्दा बढी देखाउन मन पराउँछन् । आफ्ना शोक पूरा गर्नका लागि उनीहरूले वित्तीय संकटको सामना गर्नुपर्नेछ। कामुकता यिनीहरूको अर्को नकारात्मक पक्ष हो।
११. शुक्रबार जन्मेका केटिहरू हँसमुख हुन्छन्। यिनीहरू हँसमुख र सहयोगी हुन्छन्। यी मानिस सँधै सुन्दरताको बारेमा चिन्तित हुन्छन्। प्रेमको मामिलामा केटीहरू पनि केटाहरुको जस्तै स्वभाव हुन्छ। यिनीहरू फेसन वा सौन्दर्य उद्योगमा सफल हुने बढी सम्भावना हुन्छ। शुक्रबार जन्म भएका मानिस संगीत, लेखन, चित्रकला, चलचित्र, सुन ज्वेलरी व्यवसाय आदि क्षेत्रमा सफल हुन्छन्। यसका साथै यिनीहरूले नियमित रूपमा माता लक्ष्मीको पूजा गर्नुपर्छ ।