Nidan Media

कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ ।

साथै देशका अधिकांश भागको मौसम सफा रहने छ ।

शुक्रबार दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एक,दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी प्रदेशलगायत देशको पहाडी भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.