पोखरा । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
बिहीबार राति कोलम्बोमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल भारतसँग नेपाल ३-० गोलले पराजित भएको हो ।
समूह ‘ए’ उपविजेता बनेको नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेता भारतसँग प्रतिस्पर्धा गरेको हो।
समूह चरणमा नेपालले बंगलदेशसँग ४-० को हार ब्यहोर्दा श्रीलंकालाई २-० गोलले हराएको थियो।
बंगलादेशले भने नेपाल र श्रीलंका दुवैलाई ४-० गोलले पराजित गरेको थियो।