Nidan Media

मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरुपमा सञ्चालन

पोखरा । मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुईन खोलामा मंगलबार दिउँसो खसेको भीषण पहिरो बिहीबार राति करिब १० बजे पन्छाएर सकिएपछि सडक सञ्चालनमा आएको हो ।

पहिरो पूर्णरूपमा हटाएर यातायात आवागमन दुईतर्फी नै सञ्चालनमा आएको सडक विभाग भरतपुरले जनाएको ।

सडक बन्द हुँदा दशैंको अवसरमा गन्तव्यमा हिंडेका यात्रु अलपत्र परेका थिए । कतिपय यात्रु भने वैकल्पिक सडकमार्फत गन्तव्यमा गएका थिए ।

यो सडकखण्ड बन्द हुँदा पृथ्वी राजमार्गमा सवारीको निकै चाप थियो भने घण्टौँ जामको समस्या भएको थियो । मुग्लिन-नारायणगढ सडक प्रयोग गर्ने सवारीले वैकल्पिक बाटोका लागि पृथ्वीराजमार्ग प्रयोग गरेपछि सवारी चाप परेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.