पाेखरा। उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मुग्लिन-नारायणगढ सडककाे पहिराेले निकै समस्या बनाएकाे बताएका छन् ।
काठमाडौँमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले धेरै उपकरण प्रयाेग गरेर पहिराे पन्छाउन पनि नमिल्ने र थाेरै उपकरणले काम गर्दा ढिलाइ भएकाे बताए ।
पहिराे निकै ठूलाे भएका कारणले समस्या भएकाे भन्दै मन्त्री घिसिङले पहिराे खसिरहने र राति काम गर्न नमिल्ने भएका कारण ढिलाइ भएकाे स्पष्ट पारे । वर्षा नभए आज राति पनि काम गरेर भाेलि बिहानदेखि सडक सञ्चालन गर्ने प्रयास भइरहेकाे उनले बताए ।
मुग्लिन-भरतपुर राजमार्गकाे अहिलेकाे सडककाे विकल्प पारिपट्टीबाट पनि दुइ लेनकाे सडक खाेल्ने कि भन्ने विषयमा छलफल भएकाे उनले बताए । उनले अहिले अन्य राजमार्गमा त्यति समस्या नभएकाे जानकारी दिए ।
यो सडकखण्ड तीन दिनदेखि ठप्प छ । यसको प्रत्यक्ष असर पृथ्वी राजमार्गमा परेको छ । जसले गर्दा पृथ्वीराजमार्ग घण्टौँ अवरुद्ध हुने गरेको छ ।
यता, नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहरूलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई बस सेवा सुरु गरिएको हो ।
प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो ।
पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए ।
पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।