पोखरा । हाम्रो समाज विभिन्न तिथि मितिमा जन्मिएका मानिसको त्यसैअनुसार भाग्य पनि हुन्छ भन्ने मान्यता छ । यसैले मानिसहरू आफ्नो जन्म मिति तथा बारको आधारमा भविष्यवाणीको खोजी गरिरहेका हुन्छन् ।
वास्तवमै भन्ने हो भने जन्मबारले पनि मानिसको स्वभावलाई निर्धारण गर्दछ । जन्मबारले उसको स्वभाव कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्रमा जन्मदिनको विशेष महत्व रहने गर्छ । जन्मदिनको स्वामी ग्रहकाअनुसार व्यक्तिको स्वभावबारे थाहा पाउन सकिन्छ । यसबाट व्यक्तिले जीवनको महत्वपूर्ण कुरा थाहा पाउन सक्छन् ।
ज्योतिषशास्त्रका अनुसार पनि मानिसको साल, महिना, गते, जन्म समय, तिथि, बार, योग, करण र जन्म स्थानअनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । पौराणिककालदेखि मान्दै आएको ज्योतिषशास्त्रका अनुसार मानिसमा गुण देखा पर्ने बताएको छ ।
बिहीबार जन्मिएका व्यक्तिकाे विशेषता
१. बिहीबार बृहस्पतिको बार भएको कारणले यो वार जन्मिएका मानिस आदर्श तथा नीतिवान हुन्छन् ।
२. बिहिबार जन्मिका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । सफा, स्वच्छ विचारधारा, विश्वासिला र सन्तुष्ट स्वभावका हुन्छन् ।
३.सबैलाई निकै इज्जत गर्ने भएका कारण तपाईँ आदर्श व्यक्तित्वका पात्र हुनुहुन्छ ।
४. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक भएकाले तपाईंभित्र नेतृत्व गर्ने गुण हुन्छ । जसले तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनती हुनुहुन्छ भने स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण कसैको बन्धनमा बस्न चाहनुहुन्न । तपाईं चाँडै नै अन्य मानिसलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले कहिलेकाहीँ नराम्रो भोग्नुपर्नेछ ।
६. बिहीबार जन्मिका व्यक्ति आकर्षक र अन्यन्त प्रिय हुने भएका कारण धेरैजसो यिनीहरू प्रेम विवाह गर्छन् । उनीहरूको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
७. बिहीबार जन्मिएका व्यक्तिले धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
८. बिहीबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । यस्ता व्यक्तिलाई जीवनमा मानसम्मान धेरै नै प्राप्त हुनेछ । अन्य व्यक्तिलाई धेरै विश्वास नगर्दा राम्रो हुनेछ ।
९. स्वास्थ्यको दृष्टिकोणले बिहीबार जन्मिएका व्यक्ति धेरैजसो सानो-तिनो रोगको शिकार हुने गर्दछन् । यिनीहरूमा ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ । कहिलेकाहीँ मोटोपना, मधुमेह, वा कलेजो सम्बन्धी समस्या हुन सक्छ । स्वस्थ जीवनशैली अपनाएमा लामो आयु बाँच्ने सम्भावना हुन्छ।
१०. बिहीबार जन्मिएका व्यक्ति शिक्षा क्षेत्र, बैंकिङ तथा वित्तीय क्षेत्रमा तथा वौद्धिक पेशा व्यवसायमा आफूलाई शानदार तरिकाले स्थापित गराउन सफल हुन्छन् ।
११. बिहीबार जन्मिएका मानिसको आर्थिक पक्ष सन्तोषजनक हुन्छ । धनसम्पत्ति जोड्न सक्ने क्षमता राम्रो हुन्छ । यिनीहरूले नैतिक मार्गबाट धन आर्जन गर्न रुचाउँछन्।
१२. यिनीहरू अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् भने कम बुद्धि भएका, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् ।