Nidan Media

डा. बाबुराम भट्टराईद्वारा अध्यक्ष पद परित्याग

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराइले बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेको बताइएको छ ।

बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको बताइन्छ ।

आयोजक कमिटीको संयोजकमा पार्टीका वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.