Nidan Media

नेप्से परिसूचक २७ अंकले घट्यो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । यसअघि दुईदिन लगातार बढेको बजार बुधबार २७दशमलव८९ अंकले घटेर २६५४दशमलव३५ बिन्दुमा झरेको हो ।

यसअघि मंगलबार नेप्से ५८दशमलव६३ अंकले बढेर २६८२दशमलव२५ बिन्दुमा रोकिएको थियो । नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । यसदिन कुल ३१७ स्टकको ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये १९३ कम्पनीको शेयर मूल्य घट्दा ५३ कम्पनीको शेयर मूल्यमात्रै बढेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४दशमलव९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १दशमलव९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेकस १दशमलव७६ अंक घटेको छ ।

आज शेयरबजारमा ३ कम्पनी, माथिल्लो मैलुङ्ग खोल जलविद्युत, सिटी होटल, हिम स्टार उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् ।

यस्तै, सिटिजन्स म्युचुअल फण्ड र भिजन लुम्बिनी उर्जा कम्पनी को मूल्य करिब ८ प्रतिशत बढ्यो भने उन्नति सहकार्य लघुवित्त को शेयर मूल्य ५दशमलव३८ प्रतिशत घटेर सबैभन्दा धेरै गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो जसको कारोबार २२ करोड १३ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको करिब १७ करोड ३२ लाख  र हिमालयन रि इन्स्योरेन्सको १३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमध्ये २ उपसमूह (होटल तथा पर्यटन, म्युचुअल फण्ड) मात्र बढे भने बाँकी ११ उपसमूह घटेका छन् । यस दिन अन्य उपसमूह सर्वाधिक २दशमलव१६ प्रतिशतले घटेका छन् ।

साथै विकास बैंक, वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशत भन्दा बढीले घटेका छन् । समग्रमा, आज बजारमा सीमित कम्पनीका शेयर बढे पनि अधिकांश उपसमूह र कम्पनीको मूल्य घटेको दिन रह्यो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.