काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘मतदाता नामावली ऐन, २०७३’ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
उनले बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटलगत्तै उक्त अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन्।
जेन-जी आन्दोलनपछि गठन भएको वर्तमान अन्तरिम सरकारलाई आगामी फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी दिइएको छ।
निर्वाचन आयोगलाई आवश्यक तयारीका लागि सहज होस् भनेर सरकारले यो अध्यादेश सिफारिस गरेको हो।