Nidan Media

मधेसमा राजनीतिक संकटः कांग्रेसद्वारा समर्थन फिर्ता, मन्त्री फिर्ता बोलाइयो

पाेखरा । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए ।

नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा अर्थमन्त्री सुनिल यादव, उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय छन् ।

जेन-जी आन्दोलन चर्किएसँगै मुख्यमन्त्री सतिशकुमार यादवले राजीनामा दिएका थिए ।

उनकाे  राजीनामाकाे विषयले अहिले मधेसमा राजनीतिक संकट गहिरिएकाे हाे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.