काठमाडौँ । यूएइमा जारी एसिया कपको सुपर फोरमा भारत र बंगलादेश आज पनि भिड्ने भएका छन् ।
खेल आज साँझ ८ः१५ बजे शुरू हुनेछ ।
यसअघि भएका दुवै खेलमा भारत विजयी भएको थियो ।
आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ ।
गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ ।
सुपर फोरमा श्रीलंका भने अंकविहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ ।
आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् ।
सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन् ।