काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबार सुनको भो तोलामा एक हजार तीन सय र चाँदी २० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला दुई लाख २३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँ रहेको थियो ।
यता आज असली चाँदी प्रतितोला दुई हजार सात सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार प्रतितोला दुई हजार छ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।