पाेखरा । ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार र कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्छ । तीमध्ये बुधबार जन्मिने व्यक्तिलाई बुध ग्रहको प्रभाव पर्ने मानिन्छ, जुन ग्रह, बुद्धि, सञ्चार, व्यापार, चञ्चलता र विश्लेषण क्षमताको प्रतीक हो।
यस्ता छन् बुधबार जन्मिएका व्यक्तिको स्वभावः
१. बुधबार जन्मेका व्यक्तिहरू शान्त, विदूषी, सफा र स्वच्छ विचारधाराका मालिक तथा विजनेश माइन्डका हुने गर्दछन् ।
२. नयाँनयाँ कुरा जान्न निकै मन गर्ने भएकोले आफ्नो काम निकै व्यवस्थित तरिकाले गर्न चाहन्छन् ।
३. राम्रो कुरा गर्ने तरिका र सकारात्मक सोचसँगै जीवनमा धेरै अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
४. उनीहरु खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
५. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसके पछि उठेको रिसलाई शान्त पर्न निकै समय लाग्ने गर्दछ ।
६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरूको जीवन निकै सन्तुष्ट हुन्छ ।
७. कसैलाई पनि सजिलै माफी दिँदैनन् ।
८. कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिले जे गरे पनि उनीहरूलाई प्रभावित तुल्याउन सक्दैनन् ।
९. उनीहरूको वैवाहिक जीवन निकै सुखी हुन्छ र उनीहरुले आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।
१०. यद्यपि, यिनीहरूमा कहिलेकाहीं अस्थिरता पनि देखिन सक्छ। एउटै काममा लामो समय मन लगाउन गाह्रो हुने, निर्णयमा ढिलाइ गर्ने जस्ता कमजोरी पनि हुन सक्छ।
११. बुधको प्रभावले गर्दा यिनीहरूमा व्यवसायिक सोच उच्च हुने बताइन्छ। व्यापार, सञ्चार, मार्केटिङ, पत्रकारिता, लेखन वा सूचना प्रविधिजस्ता क्षेत्रमा सफल हुने सम्भावना बढी हुन्छ।
१२. सामाजिक स्वभाव भएका यस्ता व्यक्ति नयाँ साथी बनाउन, नेटवर्क विस्तार गर्न तथा टीमवर्कमा काम गर्न सिपालु हुन्छन्। वाकचातुर्यमा निपूर्ण यिनीहरूले बोल्ने शैलीबाट नै अरूको मन जित्न सक्छन्।
१३. सामान्यतया तीव्र बुद्धि, स्पष्ट वाणी र मिलनसार स्वभावका हुने विश्वास गरिन्छ। यिनीहरू व्यवहारिक सोच राख्ने, अरूलाई छिटो बुझ्ने र आफु पनि स्पष्ट रूपमा प्रस्तुत गर्ने खालका हुन्छन्।
१४. बुधबार जन्मिनेको लागि शुभ रंग हरियो र शुभ रत्न पन्ना (Emerald) मानिन्छ। यस्ता व्यक्तिले बुधबारको दिन कुनै पनि नयाँ काम थाल्दा लाभदायक हुने विश्वास गरिन्छ।
१५. यो दिन जन्मिने बच्चा धनी र सम्पत्तिले भरिपूर्ण हुने भाग्य रहेको हुन्छ । हरेक कार्यमा पूर्णता चाहने स्वभाव हुन्छ । आफ्नो अहंकारी स्वभावमाथि नियन्त्रण राख्न आवश्यक हुन्छ ।