Nidan Media

इरानमा नौ महिनामा एक हजार जनालाई मृत्युदण्ड

पाेखरा। इरानमा सन् २०२५ को शुरूदेखि हालसम्म नौ महिनामा कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको छ।

जसमा गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको थियो, जुन दैनिक नौ जनाभन्दा बढीको औसत हो। यो संख्या सन् २००८ यताकै सबैभन्दा उच्च भएको बताइएको छ।

गैरसरकारी संस्था इरान मानवअधिकार (आईएचआर) ले जनाएको  संस्थाले यसलाई ‘भय सिर्जना गर्न चलाइएको सामूहिक मृत्युदण्ड अभियान’ भनेको छ।

मानवअधिकारकर्मीले पछिल्ला वर्षमा भएका प्रदर्शन र इजरायलसँगको तनावपछि इरानले मृत्युदण्डको प्रयोग बढाएको बताएका छन्।

आईएचआरका निर्देशक महमूद अमीरी-मोगहद्दमले अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएकाले मृत्युदण्ड दिन-प्रतिदिन बढिरहेको बताए।

उनले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय निकायलाई यो प्रवृत्तिलाई मानवताविरुद्धको अपराधको रूपमा हेर्न आग्रह पनि गरेका छन्।

आईएचआरका अनुसार, मृत्युदण्ड दिइएकामध्ये करिब ५० प्रतिशत लागूऔषधसम्बन्धी अपराधमा संलग्न थिए। यस वर्ष मृत्युदण्ड पाउनेमध्ये २८ जना महिला छन्।

उनीहरूमध्ये धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबरजस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा सजाय पाएका थिए।

एमनेस्टी इन्टरनेशनललगायतका संस्थाले इरानलाई विश्वमा दोस्रो सबैभन्दा धेरै मृत्युदण्ड दिने देशका रूपमा सूचीकृत गरेका छन्।-एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.