Nidan Media

आज तीन प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

पाेखरा। आज (बुधबार) दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ।

जसकाे प्रभावले गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विशेषगरी गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

आज राति देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.