काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।
उनी सोमबार बेलुका उनी केन्द्रीय कारागार सुनधारामा फर्किएका हुन् ।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा जेल तोडेर कैदीबन्दीहरू भाग्ने क्रममा रायमाझी पनि फरार भएका थिए ।
कारागारबाट फरार भएका रायमाझी केही समयपछि सम्पर्कमा आएर फर्किने बताएका थिए ।
फर्किएलगत्तै रायमाझीलाई डिल्लीबजार कारागारमा सरुवा गरिएको छ ।
रायमाझी विगत दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् ।
जेन-जी आन्दोलनका क्रममा सुनधारा कारागारबाट तीन हजार पाँच सयभन्दा बढी कैदीबन्दी फरार भएका थिए ।
रायमाझीले डिल्लीबजार कारागार जाने इच्छा व्यक्त गरेपछि त्यहाँ पठाइएको सुनधारा कारागार प्रशासनले बताएको छ ।