काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८दशमलव६३ अंकले बढेर २६८२दशमलव२५ बिन्दुमा उक्लेको छ । यस अघिको कारोबार आइतबार नेप्से परिसूचक १११दशमलव७० अंकले बढेर २६२३दशमलव७० बिन्दुमा उक्लेको थियो ।
यसदिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ । मंगलबार कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
यद्यपि, अघिल्लो कारोबार दिन नाै अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । मंगलबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा छन् ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । जसको करिब ३८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसपछि यूनिभर्सल पावर (१८ करोड ५० लाख) र हिमालयन डिष्टिलरी (१८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बने ।
आज सेन्सेटिभ इन्डेक्स ९दशमलव०८ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३दशमलव९० अंकले बढेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ३दशमलव०१ अंकले बढेको छ ।
यस दिन सबै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३दशमलव४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्द बढी बढेको छ ।
यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।