Nidan Media

दशैँभर टिपर सञ्चालन गर्न नपाइने

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चाेक जिल्लामा दशैँको अवसरमा टिपर सञ्चालन गर्न नपाइने भएकाे छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेले असोज ६ देखि २२ गतेसम्म टिपर चलाउन गर्न राेक लगाएकाे हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा यात्रु तथा सर्वसाधारणको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि यो निर्णय गरिएको उल्लेख छ।

यदि यस अवधिमा टिपर सञ्चालन गरेको पाइएमा कानूनअनुसार कडा कारबाही गरिने उनले सूचनामा उल्लेख गरे।

यो नियम अत्यावश्यक सेवाका सवारी साधनमा भने लागू हुने छैन। काभ्रेपलाञ्चोकका तीन मुख्य राजमार्ग (अरनिको, बीपी र हेलम्बु) लगायतका सडकखण्डबाट दैनिक करिब दुइ हजार पाँच सय टिपर राजधानी काठमाडौँतर्फ आवत-जावत गर्ने गर्छन्।

यसअघि पनि स्थानीय प्रशासनले सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा मात्र टिपर सञ्चालन गर्न अनुमति दिँदै आएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.