काठमाडौँ । जेनजीकाे हिंसात्मक आन्दोलनका कारण राजीनामा दिएर प्रधानमन्त्री निवासबाटै भागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा मंगलबार सार्वजनिक भएका छन् ।
ओली भक्तपुरको नयाँ निवास गुन्डुमा पार्टीका नेताहरूसहित सार्वजनिक भएका हुन् ।
उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ता गुन्डु पुगेका थिए ।
जेनजी आन्दोलन सम्पन्न भएर सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनेकाे छ ।
सरकारले प्रतिनिधसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घाेषणा गरिएकाे छ ।