Nidan Media

निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घट्यो : पाण्डे

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको व्यवसायीहरुले बताएका छन् । आन्दोलनकै कारण उद्योगहरुमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को पाँच प्रतिशत नोक्सान भएको उनीहरुको जिकिर छ ।

नेपाल आर्थिक पत्रकार संघद्धारा आयोजित अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफलमा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनले उद्योगमा कुल जीडीपीको पाँच प्रतिशत असर पुगेको र लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण हुने बताए ।

लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्ने भन्दै उनले अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट दिन सकिने सुविधाबारे सरकारले ध्यान दिन आवश्यक रहेको स्पष्ट पारे ।

अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष पाण्डेले ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलीयत दिन सक्नुपर्ने बताए ।

सीएनआईले विभिन्न कानूनमा सुधार गर्नका लागि सुझाव दिएको भन्दै उनले छरितो र बुझ्न सक्ने कानून बनाउन आवश्यक रहेको बताए ।

अध्यक्ष पाण्डेले अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको र शिक्षामा लगानी भए पनि त्यसको प्रतिफल कम रहेको जिकिर गरे ।

उनले केही समय अघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको जानकारी दिए ।

केही महत्वपूर्ण प्राथमिकताका क्षेत्र निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी भन्दै पाण्डेले उर्जा, पर्यटन, शिक्षा र कृषिलगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको धारणा राखे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.