Nidan Media

तोलाको दुई लाख २१ हजार सात सय पुग्यो सुनको भाउ

पोखरा । नेपाली बजारमा बडादशैँको दोस्रो दिन मंगलबार सुनको भाउ भारी वृद्धि भएको छ ।

सुनको भाउ मंगलबार एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । सुनको यो भाउ इतिहासकै धेरै हो ।

सुनको भाउ यसअघि सोमबार प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यता, असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेर मंगलबार प्रतितोला दुई हजार छ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी सोमबार प्रतितोला दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.