Nidan Media

पन्ध्र बालकको अपहरणपछि हत्या

सिरहा । सिरहामा एक बालकको हत्या भएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहाका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

असोज ५ गते रातिदेखि बेपत्ता भएका सिंहको शव मंगलबार बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो ।

उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरू पनि थिए । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्नेक्रम जारी छ ।

अभिषेकका घरपरवारले रातभरि खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए ।

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा पाँच करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।

फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा पाँच करोड उल्लेख गरिएको छ ।

अभिषेकका बुबा सञ्जय सिंहको सात वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँगै गोलबजारमै बस्दै आएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.