Nidan Media

घटस्थापना र जमरा राख्ने प्रचलनको सांस्कृतिक र वैज्ञानिक महत्त्व

पाेखरा । आश्विनशुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।

आश्विनशुक्ल प्रतिपदादेखि लिएर पूर्णिमा पर्यन्तसम्म १५ दिन यसलाई शरदीय नवरात्र भनेर भनिएको छ । शरद पूर्णिमामा शरद कालीन समयमा आउने भएका कारणले गर्दा यसलाई शरदीय नवरात्रको रुपमा मानिएको छ ।

आश्विनशुक्ल प्रतिपदादेखि लिएर पूर्णिमा पर्यन्तसम्म १५ दिन शरदकालीन समयमा आउने भएका कारणले शरदीय नवरात्रको रुपमा मानिएको छ ।

परापूर्व कालमा चैत्रशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैँ मनाउने प्रचलन थियो । तर त्यो मौसम वसन्त ऋतुको आगमन सँगसँगै अतिसार हुन लागेका कारणले यसलाई सारिएको अवस्था पनि भगवान रामको प्राकट्यता चैत्रशुक्ल नवमीको दिनमा रह्यो ।

प्रथमतः घटस्थापनामा घडा स्थापना गरिन्छ । जौं, सप्त बीज धान्य रोपण गरिन्छ । पंच पल्लवी आदिले घडा सजाइन्छ । अनि दियो-कलश-गणेश गरेर प्रत्येक दिन सप्तशती चण्डीको पाठ गरेर शक्ति आर्जन गर्ने देवीलाई इच्छा मनोकामना पूर्ण गर्दिनुहोस् भनेर पूजा आरधना गरिन्छ । त्यो पाठलाई नवरात्र भनिन्छ ।

वैदिक संस्कार संस्कृतिमा नौवटा द्वार छन् । जुन नौ दिन पर्यन्त देवीको आराधना गर्ने गरिन्छ । देवीका स्वरूप फरकफरक प्रकृतिका हुन्छन् । अनि विजयको रुपमा अयोध्या नगरिको विजय उत्सवका रुपमा मानिन्छ । रामले रावणलाई वध गरिसकेपछि रातो टीका नौ दिन पर्यन्तसम्म लगाइएको, पूजा गरिएको, पहेंलो जमरा लगाइएको विषय शास्त्रमा उल्लेख छ ।

साथै ठूलाबडा व्यक्तिबाट पाँच दिनसम्म आशिर्वाद थाप्ने र अन्तिम दिनमा शरद पूर्णिमाको दिनसम्मलाई कोजाग्रत पूर्णिमा भनिन्छ । बडादशैंमा विशेष नौ दिन रहन्छन् र अरु पाँच दिन भनेको आशिर्वाद ग्रहण गर्ने, छोरीचेली, ज्वाइँ छोराहरू भेटघाट गर्ने अर्थात् ठूलाबढाका घरमा जाने गरिन्छ ।

जमरा राख्ने विधि

घटस्थापना जसलाई हामीले घडाको स्थापना गर्ने दिनलाई घटस्थापना भन्ने गर्छौं । जहाँ गंगा जललाई पूर्णरुपमा भर्ने अनि घडा स्थापना गर्ने अर्थात करुवाहरू स्थापना गर्ने गरिन्छ । नसक्नेले माटोका घडा स्थापना गर्ने, त्यसपछि पञ्चतत्व पाँचवटा गाईको गोबरले ठाडो पारेर टीका लगाए जस्तो बनाइन्छ ।

अन्नमा जौं प्रतिकका रुपमा रहेको छ भने जौंलाई घटस्थापना गर्दा विधिवत रुपमा फूल-माला, धूप-बत्ती, नैवेद्य-भेटी आदि राखेर पूजा गरिन्छ ।

दशैंको प्रथम दिनदेखि नै चालिसा पाठ गर्दै पूजा गरिन्छ । रक्त चन्दन, अबीर, केशरी, जौं, तिल, फूल, अक्षता, धूप-बत्ती, नैवेद्य, भेटी पुष्पमाला र दक्षिणा चढाएर फलफूल, नैवेद्य, भेटी गरेर शंख-घण्ट मृदुङ्गा बजाएर प्रातः समयमा दुर्गा माता, काली, जगत जननीको पूजा गरिन्छ ।

अनि सन्ध्याकालीन समयमा पनि धूप, बत्ती, नैवेद्य, बेटी गर्ने र सन्ध्या आरती गर्ने गरिन्छ । घटस्थापना भन्नु वा नवरात्र भनेको नौ वटा रात्रिमध्ये घटस्थापना भनेको प्रथम दिनलाई जनाइन्छ ।

आश्विन महिना लागिसकेपछि शरदीय नवरात्रको आगमन सँगसँगै खेत बारीमा फलफूल, सागसब्जी, बोडी, फर्सी, घिरौंला प्रशन्न हुने गरेको पाइन्छ । खेतमा पहेंलपुर रुपमा धान पाक्न थाल्छ । हिन्दू संस्कृति-संस्कार प्रकृतिको पुजक हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.