पोखरा । एसीसी एसिया कप क्रिकेटमा पाकिस्तानले भारतसँग दोस्रो हार व्यहोरेको छ ।
आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तान भारतसँग छ विकेटले पराजित भएको हो ।
पाकिस्तानले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य भारतले १८दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा अभिषेक शर्माले ३९ बल खेलेर ६ चौका र पाँच छक्काका साथ ७४ रनको योगदान दिए । यस्तै शुभमन गिलले ४७, तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ र बनाउन सफल भए । पाकिस्तानका हरिस राउफले दुई, अब्रार र फहम अस्रापले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला व्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो ।
पाकिस्तानका साबिहजादा फरहानले ५८ रनको अर्धशतकीय पारी खेले भने सायम अैउव र मोहमद नवाजले २१, २१ रनको योगदान दिए ।
भारतका लागि शिभम् दुवेले दुई, कुलदीप यादव र हार्दिक पाण्डेयले एक, एक विकेट लिए ।