पाेखरा। मुग्लिन-नारायणघाट सडकखण्ड बन्द भएकाे करिब २४ घण्टापछि एकतर्फी सञ्चालन भएकाे छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा निरन्तर पहिरोका खसेको कारण सडक शुक्रबारदेखि बेलुकी ६ बजेदेखि सडक बन्द गरिएकाे थियाे ।
चाडपर्वकाे समयमा सडक बन्द हँदा गन्तव्यमा हिँडेका सयाैँ यात्रु बीच बाटाेमै अलपत्र परेका थिए । केही यात्रुले भने वैकल्पिक बाटाे प्रयाेग गरेका थिए ।
सडक विभाग भरतपुरका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणघाट सडकखण्ड धेरै प्रयासपछि एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिए ।
तुइन खोलामा पहिराे खसेपछि शुक्रबार रातिसमेत सडक बन्द गरिएकाे थियाे । शनिबार दिउँसाे केहीबेर सञ्चालन भएकाे सडक पुनः पहिराे खसेर बन्द भएकाे थियाे । जसका कारण समयदेखि मुग्लिन-नारायणघाट सडकखण्डमा हजाराैँ यात्रु ४० घण्टाभन्दा बढी अलपत्र परेका थिए ।