Nidan Media

बस दुर्घटनामा ३४ जना घाइते

काठमाडौँ । काठमाडौँको बालाजुमा आज बिहान बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं १६ स्थित बालाजु बाइपासमा बा५ख ५० नम्बरको बस पल्टिँदा ३४ जना घाइते भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म कसैको मृत्यु भएको छैन् । उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.