Nidan Media

कोरला नाकाबाट पाँच दिनमै साढे ३४ करोड राजस्व संकलन

पोखरा । नेपाल-चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ ।

रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्णरूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याइएको हो ।

भदौ ३० देखि औपचारिक रुपमा सञ्चालनमा आएको कोरलाबाट असोज ४ गतेसम्ममा दुई सय नौ वटा विद्युतीय गाडी र एक सय सात वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका छन् ।

भन्सार विभागका करिब पाँच दिनमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरिएको छ ।

सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.