Nidan Media

आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेकाे छ ।

आज आइतबार पनि शनिबार कायम भएको छापावाला सुनको भाउ प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदी पनि दुई हजार छ सय २० रुपैयाँमै कारोबार भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.