Nidan Media

एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

पाेखरा। एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ । खेल आइतबार राति ८ः१५ बजे यूएईमा हुँदैछ ।

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत अपराजित टिम हो । समूह चरणका तीन खेलमा तीन जितसहित छ अंक जोडेको भारत समूह विजेता हो ।

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले चार अंकका साथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो ।

समूह ‘ए’ बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन् ।

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.