काठमाडौँ । नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलरले यूटूयूवमार्फत सार्वजनिक गरिएको केही घण्टामै नेपालको यूटूयूव ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
दशैँको फूलपातीदेखि रिलिज हुने चलचित्रले नेपालीको बसोबास भएका अन्य मुलुकमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको बताइन्छ ।
चलचित्र ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक भएसँगै दर्शकमाँझ यसले थप उत्सुकता जगाएको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले दर्शकको मन जितेको देखिन्छ ।
विशेषगरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ । ट्रेलरको भावनात्मक शुरूवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ ।
यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रका प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ ।
छायाङ्कन, संवाद र ब्याकराउन्ड स्कोरको उत्कृष्ट संयोजनले ट्रेलरलाई उच्चस्तरको बनाएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’ लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीक भनेर बताउनुभएको छ, जसले गर्दा यो चलचित्र नेपाली दर्शकका लागि अझ विशेष बनेको छ । यसको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पनि पहिले नै चर्चामा आइसकेको छ ।
भिडियाे