Nidan Media

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ ।

जसको प्रभावले शनिबार दिउँसो गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकीसहित गण्डकी, कोशी, बागमती र मधेश प्रदेशका थोरै स्थानमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति गण्डकीसहित कोशी, मधेस, बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै, गण्डकीसहित कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.