पोखरा । मुग्लिन-नारायणगढ सडकखण्ड शुक्रबार राति नखुल्ने भएको छ ।
तुईनखोला नजिकै शुक्रबार साँझ ७ः१५ बजे भीषण पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
पहिरो खस्नेक्रम नरोकिएकाले शुक्रबार पहिलो पन्छाउन सम्भव नभएकाले सवारी आवागमन बन्द गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
शनिबार बिहान ४ बजेदेखि नै पहिरो पन्छाउन शुरु गरिने बताइन्छ ।
तुइनखोला नजिकै केही दिनदेखि लगातार पहिरो झरिरहेकाले पटक पटक सडक अवरुद्ध भएको छ । जसले गर्दा यात्रुले निकै सास्ती भोग्न बाध्य छन् ।





