Nidan Media

संसद विघटन असंवैधानिक : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ ।

पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले भाद्र २४ गतेको प्रदर्शनले सिहंदरबार लोकतन्त्रका आधार स्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुका निजी घर एवं डेरा र नेपालको उन्नतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भत्र्सना गरेको छ ।

घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।

कांग्रेसले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णयसमेत गरेको छ । साथै केन्द्रीय समिति बैठक दशैँ अघि नै बोलाउने निर्णयसमेत गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.