Nidan Media

त्रिपाल मुनि बसेर मुद्दाको सुनुवाई गर्दा…

काठमाडौँ । जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित बनेकाे सर्वोच्च अदालतले बिहीबार त्रिपाल मुनिबाटै दुईटा बन्दीहरूका मुद्दाको सुनुवाई गरेकाे छ।

गत भाद्र २३ र २४ गते भएको जेनजीका प्रदर्शनकारीले तोडफोडसहित आगजनी गरेपछि सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपाल टाँगेरै सेवा दिन शुरू गरिएकाे थियाे ।

भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाटका कारण भौतिक संरचना, आइटी उपकरण र सवारी साधनमा निकै ठूलो क्षति भएको छ ।

अदालतका सहप्रवक्ता एवं उपरजिस्ट्रार निराजन पाण्डेले  क्षतिको तथ्यांक निकाल्ने कार्य भइरहेको बताए ।  भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामलाई अघि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भए पनि काम अघि बढाएको उनले बताए ।

उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्याय सम्पादनलाई अघि बढाउनुपर्छ भन्ने छ । त्यो निर्णयानुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अघि बढाएका हौँ । पालबाटै भए पनि हामीले काम गरिरहेका छौँ ।’

देशभर सर्वोच्च, विशेष, उच्च र जिल्ला अदालत गरेर २३ वटा अदालतमा क्षति भएको उनले जानकारी दिए ।

‘अहिले सर्वोच्च अदालतलगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालत गरेर समग्रमा २३ वटा अदालतमा क्षति भएको छ। क्षति भएकामध्ये केही पूर्णरुपमा र केहीमा सामान्य क्षति भएको छ’, उनले भने, ‘पूर्णरुपमा क्षति भएका अदालतका फाइल सबै जलेका छन् । सामान्य क्षति भएका अदालतका केही फाइल बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छाैँ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.