Nidan Media

बागलुङको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु भएर गयो भूकम्प

पोखरा । बागलुङ र रुकुम-पूर्वको सीमा क्षेत्रमा बुधबार राति भूकम्प गएको छ ।

राति ८ः२५ बजे बागलुङको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केलको भूकम्प गएको बताइन्छ ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । यद्यपि भूकम्पबाट कुनै क्षति भएको खबर आएको छैन ।

२०७२ वैशाख १२ मा महाभूकम्प गएको नेपालमा साना भूकम्प जानेक्रम जारी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.