Nidan Media

मनकामना केबलकार सञ्चालन

पोखरा । जेनजी आन्दोलनसँगै बन्द भएको मनकामना केबलकार बुधबारदेखि नियमित रूपमा सञ्चालन भएको छ ।

गत भदौ २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनले जानकारी दिए ।

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामना माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित चेरेसमा पर्दछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.