Nidan Media

पाेखरा महानगरकाे सेवा बिहीबारदेखि नियमित

पोखरा । जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित बिहीबारदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

महानगरले यसअघि बुधबारदेखि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।

बुधबार प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा घोषणा गरिएकाले बिहीबारदेखि सेवा सञ्चालनमा ल्याइने भएको हो ।

प्रदर्शनका क्रममा प्रमुख प्रशासनिक भवनसहित महानगरभित्रका अधिकांश वडा कार्यालयमा क्षति पुगेको थियो ।

उनका अनुसार महानगरका ३३ वडामध्ये २० वटा वडाका भवन पूर्णरूपमा, छ वटा वडा भवन सुरक्षित र सात वटामा आंशिक क्षति पुगेको छ ।

उनका अनुसार पूर्णरूपमा क्षतिग्रस्त भवनको वैकल्पिक व्यवस्थापन गर्दै सेवाह सञ्चालनमा ल्याउन लागिएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए ।

कतिपय वडाका घरघरमा पुगेर पनि महानगरबाट अत्यावश्यकीय सेवा प्रदान गर्न थालिएको उनले जानकारी दिए ।

मुलुकको विषम परिस्थितिका बाबजुत सकेसम्म सेवा प्रवाहलाई नरोक्ने उद्देश्यका साथ महानगरको वडा नं २५ ले घरघरमा पुगेर सुरक्षा भत्ता, परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिरहेको उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.