पोखरा । अविरल वर्षासँगै कालीगण्डकी करिडोरको बागलुङखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका वडा नं ८ बेलबगरमा पहिरो खस्दा बुधबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् भने गन्तव्यमा हिंडेका यात्रु अलपत्र परेका छन् ।
पहिरोको निकै ठूलो भएको र वर्षा निरन्तर भइरहेकाले पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकासँगको समन्वयमा वर्षा रोकिएपछि सडक खुलाइने थापाले बताए ।
वर्षासँगै निरन्तर पहिरो झर्ने हुँदा नागरिकले सास्ती खेप्दै आइरहेका छन् ।