Nidan Media

बागमती प्रदेशसभाका सभामुख पाठकले बुझाए राजीनामा [राजीनामा पत्रसहित]

पाेखरा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले पदबाट यसअघि नै दिएकाे राजीनामाकाे पत्र उपसभामुखलाई बुझाएका छन् ।

गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।

उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानूनी प्रक्रिया पूरा गर्न अनुकुल नभएको भन्दै बुधबार राजीनामा पत्रमा बुझाएको बताए ।

पत्रमा भनिएको छ, ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’

राष्ट्र रोएका बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको उनले उल्लेख गरे ।

राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले सामूहिक राजीनामा दिएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएका हुन् । उनी राप्रपाबाट सभामुख बनेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.