पोखरा । मुग्लिन-नारायणगढ सडकखण्डमा बसमाथि ढुङ्गा खसेर लाग्दा एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी छन् । ढुंगा लागेर गम्भीर घाइते भएकी कामीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मंगलबार साँझ इच्छाकामना गाउँपालिका वडा नं ६, नाम्सीखोला पुलमाथिबाट ढुङ्गा खसेको थियो ।
प्रहरीले बस र चालक तनहुँ, म्याग्दे गाउँपालिका वडा नं २ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।