पाेखरा । दोलखाको विगु गाउँपालिकामा मंगलबार बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विगु गाउँपालिका वडा नं ६ आलम्पुका करिब ५५ वर्षीय मकर थामी छन् ।
सोही दुर्घटनामा आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पलबहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन् ।
घाइतेलाई उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
प्रदेश १-०१००१ त ८८७२ नम्बरको ट्याक्टर बिहान करिब ११ बजे आलम्पुस्थित ढुंगाखानीतर्फ जाँदै गर्दा कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।