Nidan Media

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा

पाेखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन ।

युक्रेन र मध्यपूर्वमा युद्ध जारी रहेका बेला तथा प्रमुख अर्थतन्त्रहरू अमेरिकी करसँग जुझिरहेका सन्दर्भमा बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न सक्ने आशा लिएको छ ।

तर यौन अपराधी जेफ्री एपस्टेनसम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रता युद्धले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको बैठकमा असहज क्षण ल्याउन सक्छ ।

शाही परिवारप्रति आकर्षण राख्दै आएका ट्रम्पलाई राजा चार्ल्स तृतीयसँग गाडीको जुलुस र विन्डसर क्यासलमा आयोजित भव्य राजकीय भोजमार्फत स्वागत गरिनेछ । उनलाई लन्डन बाहिर राखिनेछ । त्यहाँ ७९ वर्षीय रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन आह्वान गरिएको छ ।

लेबर नेता स्टार्मर ट्रम्पका लागि स्वाभाविक राजनीतिक सहयात्री नभए पनि जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्किएपछि सम्बन्ध मजबुत पार्न लागिपरेका छन् ।

“यो साँच्चिकै विशेष छ, अभूतपूर्व छ”, स्टार्मरले फेब्रुअरीमा ओभल अफिसमा ट्रम्पलाई राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्दा भनेका थिए । निमन्त्रणा स्वीकार्दै ट्रम्पले चार्ल्सलाई ‘महान सज्जन’ भन्दै प्रशंसा गरेका थिए ।

डाउनिङ स्ट्रिटले ट्रम्पको व्यस्त कार्यक्रमले बेलायत-अमेरिका सम्बन्धलाई ‘अटुट मित्रता’ का नयाँ उचाइमा पुर्‍याउने बताएको छ । एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.