Nidan Media

आज तोलामा १९ सय बढ्यो सुनको भाउ, चाँदीकाे कति बढ्यो ?

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज मंगलबार सुन तोलामा एक हजार नौ सय र चाँदी २० रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला दुईलाख १५ हजार दुई सय रुपैयाँका कारोबार भएको छापावाला सुन आज दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यता, सोमबार प्रतितोला दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.