Nidan Media

राष्ट्रको सम्पति विध्वंश गर्नेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रको सम्पति विध्वंश गर्नेलाई छुट दिन नसकिने स्पष्ट पारेका छन् । उनले सिंहदरबार जस्ता संस्थाहरु जलाउनेलाई कुनै पनि हालतमा छोड्न नुहने बताए ।

माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।

उनले भने, ‘सबै ध्वस्त हुने गरी जलाइएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौँ ।’

उनले माओवादी अब जेनजीको मुद्धासँग मिलेर आन्दोलनको उपलब्धिलाई सफल पार्न अगाडि बढ्ने पनि बताए ।

उनले भने, ‘अब हामीले जे संकल्प गरेका थियौँ कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर हामी त्यो लक्ष्यमा जान्छौँ । जेनजीको मुद्धासँग मिलेर त्यो आन्दोलनको उपलब्धिलाई सफल पार्न हामी अगाडि बढ्छौँ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्छाैँ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.