Nidan Media

प्रहरीकाे हतियार लुट्ने दुई युवक पक्राउ

पाेखरा । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरीकाे हतियार लुट्ने दुई युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं  ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादव छन् ।

प्रहरीका  अनुसार जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं  ९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीबाट एक थान एसएलआर राइफल उनीहरूले लुटेका थिए ।

साे क्रममा कार्यालय तोडफोड, आगजनी र लुटपाट तथा प्रहरीको ५० राउण्ड गोलीसमेत लुटिएकाे थियाे । प्रहरीले अनुसन्धानका क्रममा ‘सीसीटीभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको हाे ।

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारवटा चारपाङ्ग्रे गाडी, चार वटा मोटरसाइकल, सीसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.