काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर विभिन्न बैंकका ६८ वटा शाखा कार्यालयमा आक्रमण भएको र ६९ वटा एटीएममा असर परेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘तर, आन्दोलनकारीले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन’, उनले भने, ‘अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ’, पौडेलले भने ।
सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आएकाले काम गर्न सहज हुने पनि बताए ।