पोखरा । जेनजी आन्दोलनका क्रममा म्याग्दी कारागारबाट भागेका ७६ जनामध्ये ५२ कैदीबन्दी पक्राउ परेका छन् । उनीहरु भदौ २५ गते बिहान कारागारमा लगाइएको ताला फुटाएर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार सोमबार बिहानसम्ममा ५२ कैदीबन्दी पक्राउ परेका हुन् । बाँकी २४ जनाको खोजी भइरहेको उनले जानकारी दिए ।
सो क्रममा काठमाडौँबाट भागेर म्याग्दी पुगेका एक र कास्कीबाट भागेका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको छ ।
कारागारमा भएका ८८ जनामध्ये महिला ब्लकमा रहेको छ, पुरुष ब्लकका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै ताला तोडेर भागेका थिए ।