Nidan Media

पोखराका निजी विद्यालय आजदेखि सञ्चालन

पोखरा । पोखरामा आजदेखि निजी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् ।

गत साता पोखरा, काठमाडौँलगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र शिक्षकमा चिन्ता बढेपछि शिक्षण संस्थाले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए ।

पोखरा महानगरपालिकाको निर्णय अनुसार सामुदायिक विद्यालयहरु भने असोज १ देखि सञ्चालन आउनेछन् । निजी विद्यालयहरु दोस्रो त्रैमासिक परीक्षाको तयारीमा जुटेका छन् । परीक्षा सकाएर दशैँ बिदा दिने तयारीमा विद्यालय रहेको छ ।

देशका अन्य जिल्लामा धिकांश निजी तथा सरकारी विद्यालयले आजबाट नियमित कक्षा सञ्चालन गरेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.