पोखरा । बेनी-जोमसोम सडक खण्ड फेरि अवरुद्ध भएको छ ।
आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नं ४ काभ्रेभिरस्थित सडकमाथिबाट पहिरोसहितको ढुङ्गा झरी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पहिरो निकै ठूलो रहेकाले पन्छाउन समय लाग्ने देखिएको छ ।
सडक विभागसँग समन्वय गरी बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सडक सोमबार दिउँसोसम्ममा सञ्चालनमा आउने सक्ने प्रहरीले जनाएको छ ।